Nepa Top
century-bank

काठमाडौंको बौद्ध र कलंकीमा पनि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शाखा

काठमाडौं, २९ भदौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ३८औं र ३९औं शाखाको रुपमा क्रमशः काठमाडौंको बौद्ध र कलंकीमा खोलेको नयां शाखाहरुको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई तथा कम्पनीका अध्यक्ष मनोहर दास मूलले आज समुद्घाटन गरे ।

आजै कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत बिमोचन गरियो । उक्त एप्सको सहायताले ग्राहकहरुले मोबाइलबाट नै FAIR Underwriting, SMART Claim Services को सुबिधा प्राप्त गर्न र कम्पनीका अन्य विषयहरुको बारेमा जानकारी लिन सकिनेछ ।

हालै मात्र संयुक्त अधिराज्यमा रहेको United Registrar of Systems बाट गरिएको बिस्तृत लेखापरीक्षण पश्चात यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ISO Standard Certificate, ISO 9001 : 2015 प्रदान गरिएको सहर्ष जानकारी गराईएको छ । बिगतमा झैं आगामी दिनमा पनि हामी हाम्रा ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]