Nepa Top
century-bank

निलम्बित एसपी विष्ट सधैं विवादित : महिला प्रहरीमाथि नै दुर्व्यवहार, हिरासतमै मृत्यु

काठमाडाैँ । प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदुरपश्चिमका विभिन्न जिल्लामा पोस्टिङ भएका निलम्बित एसपी डिल्लीराज विष्ट सधैँ विवादित रहे । उनी जुन-जुन जिल्लामा कार्यरत जान्थे त्यहाँ कुनै न कुनै घटनामा विवादमा परिरहन्थ्याे।

भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमै पुगेर निर्मला हत्या घटनाका सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए, ‘‘नालायक नेतृत्वले लच्जित बनाएको छ, दोषी नै मानेर एपसीलाई निलम्बन गरिएको हो, या घटनाले गम्भिर पाठ सिकाएको छ।

निलम्बित एसपी विष्ट दुई बर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ । उनी ०६४ पुस ३० देखि ०६६ मंसीर २८ सम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएकाे खबर आजको कान्तिपुरमा छ ।

उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भए पछि जिल्ला बाहिर तानिएको स्थानीय बताउँछन् ।

विष्ट कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख भएको बेला दुहु गाउँपालिका ३ को ब्रहमदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको थियो ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]