Nepa Top
century-bank

लचिलो डिस्प्ले भएको ‘पट्याउन मिल्ने’ फोन ल्याउँदै हुवावेई, सामसुङ पनि हाेडमा

एजेन्सी |

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईले माेबाइल फाेनमा नयाँ प्रविधि ल्याउने भएकाे छ । पट्याएर गाेजीमा राख्न मिल्ने नयाँ स्मार्ट फोन ल्याउने तयारीमा रहेकाे कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकारी रिचार्ड युले बताएअनुसार याे फाेन बजारमा अाउन १ वर्ष लाग्नेछ । हाल उक्त पट्याउन मिल्ने फोनकाे निर्माण प्रक्रियामा काम भइरहेको उनले जानकारी दिएका छन् । यसका लागि हुवावेर्इले प्याटेन्ट नै दर्ता गराइसकेकाे छ ।

यस्तै, कोरियाली कम्पनी सामसुङले पनि पट्याउन मिल्ने स्मार्ट फाेन ल्याउने योजना बनाइरहेको जनाएकाे छ । लचिलो डिस्प्ले भएको उक्त नयाँ प्रविधिकाे पट्याउने फोन कसले पहिला बजारमा ल्याउने भन्नेमा सामसुङ र हुवावेर्इबीच हाेडबाजी नै चलेकाे बताइन्छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]