Nepa Top
century-bank

सङ्घीयताको विरोध नगर्न भन्दै मलाई १० करोडको प्रलोभन देखाइयाे : चित्रबहादुर केसी

धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल जस्तो देशले सङ्घीयता धान्नै नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा बिहीबार यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उहाँले सङ्घीयताको विरोध नगर्न भन्दै आफूलाई तत्कालीन समयमा रु १० करोडको प्रलोभन देखाइएको दाबीसमेत गर्नुभयो ।

‘आफूलाई त्यति बेला लोभ देखाउनेहरु अहिले पश्चात्ताप गर्दै छन्’, अध्यक्ष केसीले भन्नुभयो, ‘केन्द्रिकृत शासन व्यवस्था नभई प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा जनतालाई अधिकार दिएर शासन गर्न सकिने आफ्नो पार्टीको धारणा छ ।’





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]