Nepa Top
century-bank

एसपी विष्टका छोरा गएको होटलको भिडियो नै गायव/ वीर अस्पतालमा भएको दश करोड घोटालाको पर्दाफास !(भिडियोसहित)

काठमाडौं, २८ भदौ । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज २७५ औं एपिसोड हो । आजको यस विशेष एपिसोडमा पनि विगतका एपिसोडमा जस्तै विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा प्रस्तुत गरिएको विशेष रिपोर्टहरु निम्नानुसार छन्ः

१. पहिले बलात्कार, त्यसपछि निर्घात कुटपिट गर्नेलाई सजिलै छाड्यो प्रहरीले !

काठमाडौं, २८ भदौ । बालात्कारपछि मरणाशन्न हुने गरी कुटिएकी महिला माथी प्रहरी अझै अन्याय गर्छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर यस्तै भएको छ ।

दोलखाकी माया घिमिरे शेर्पाले दाङका आफ्नै साथी सन्तोष कुमार गौतमालाई ५ लाख रुपैया सापट दिईन् । जसमा २ लाख ७५ हजार फिर्ता पनि लिईन् । मायाका बुवा एकदमै बिरामी भएपछि उनले सन्तोषलाई पटक पटक आफ्नो पैसा फिर्ता गर्न भनिन् । पैसा दिनुको साटो सन्तोषले उल्टो बुवा मरिहाल्छन् उपचारमा खर्च नगर्न भने ।

२. निर्मला हत्या प्रकरणः एसपी बाबुछोरा र मेयरका भतिजाको डीएनए परिक्षण

काठमाडौं, २८ भदौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० दिन पुगिसक्दा पनि हत्यार पत्ता लागेको छैन । कञ्चनपुर प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलिपसिंह बिष्टको डिएन म्याच नखाएपछि नेपाल प्रहरीले वास्तवीक दोषीलाई उम्काउन निर्दोष व्यक्तिलाई दोषी ठहराउन लागि परेको तथ्य बाहिरी सकेको छ ।

यो सँंगै प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण सुरु गरेको छ ।

३. वीर अस्पतालका लागि सिटीस्क्यान मेसिन खरिदमा करोडौको भ्रष्टचार

काठमाडौं, २८ भदौ । वीर अस्पतालले २ ओटा सिटीस्क्यान मेसिन खरिद गर्दा करोडौ. अनियमितता गरेको पाइएको छ । वी अस्पताल र ट्रमा सेण्टरको लागि वामेड इन्टरनेशनलसँग ४० करोड ९८ लाखमा २०७४ सालमा २ ओटा सिटीस्क्यान मेसिन खरिद गरिएको थियो । यसको खरिद प्र्रक्रियामा सार्वजनिक खरिद ऐन बाहिर गएर बढी मुल्यमा टेण्डर गरेको कम्पनीबाट मेशिन खरिद गरेको पाइएको छ ।

घटनाक्रम यस्तो छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले २०७४ जेठ २१ गते एउटा मेसिनको लागि बोलपत्र आह्वान ग¥यो तर पुन २२ गते अर्को बैठक बसी २ ओटा मेशिनको लागि भन्दै सच्यायो । तर २ ओटै मेसिनको बैंक ग्यारेण्टी १ करोड नै राख्ने निर्णय ग¥यो । एउटा मेसिनको लागि पनि बैंक ग्यारेण्टी त्यतिनै तोकिएको थियो ।

उतm मेसिन खरिदका लागि असार २० गतेसम्म वायोमेड इन्टरनेशनल र हिमालय मेडिटेकले मेसिन खरिदका लागि बोलपत्र हाले । सोही दिन दुबै कम्पनीको बोल पत्र खोलियो । जसमा बायामेड इन्टरनेशनलले २० करोड ४९ लाख रुपैयाँमा खरिद गर्न सकिने आशय उल्लेख गरेको थियो भने हिमालय मेडिटेकले १५ करोड ९५ लाख रुपैयाँमा मेसिन खरिद गर्ने आशय राखेको थियो ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]