Nepa Top
century-bank

पहिले बलात्कार- त्यसपछि निर्घात कुटपिट गर्नेलाई सजिलै छाड्यो प्रहरीले !

काठमाडौं, २८ भदौ । बालात्कारपछि मरणाशन्न हुने गरी कुटिएकी महिला माथी प्रहरी अझै अन्याय गर्छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर यस्तै भएको छ ।

दोलखाकी माया (परिवर्तित नाम)ले दाङका आफ्नै साथी सन्तोष कुमार गौतमालाई ५ लाख रुपैया सापट दिईन् । जसमा २ लाख ७५ हजार फिर्ता पनि लिईन् । मायाका बुवा एकदमै बिरामी भएपछि उनले सन्तोषलाई पटक पटक आफ्नो पैसा फिर्ता गर्न भनिन् । पैसा दिनुको साटो सन्तोषले उल्टो बुवा मरिहाल्छन् उपचारमा खर्च नगर्न भने ।

मायाले आफ्नो पैसा फिर्ता धेरै कर गरेपछि सन्तोषले पैसा फिर्ता गर्ने भन्दै भदौ १ गते कलंकीको आफ्नो कोठामा बोलाए । कोठामा उनले जबरजस्ती करणी गरे र मरणासन्न हुने गरी कुटपिट गरे । ३ घण्टासम्म कुटपिट मात्र गरेनन्, उन्ले मायालाई जबरजस्ती बिष पनि खुवाए । माया मरने अवस्थामा पुगेपछि उनलाई कीर्तिपुर अस्पतालको आईसियुमा राखियो र कीर्तिपुर प्रहरीमा निवेदन दिईयो ।

विरामीको अवस्था गम्भीर भएपछि अस्पतालले सन्तोषलाई जिम्मा लिन कागज पनि गरायौं र कीर्तिपुर प्रहरीले सन्तोषलाई नियन्त्रणमा लियो । तर उनी एक रात मात्र हिरासतमा बसे भोली पल्ट प्रहरीसँंगै कुरा मिलाएर उनी बाहिर निस्किए । कीर्तिपुरका डिएपीले पीडितलाई सन्तोष हिरासतमै छ, भन्दै उनलाई छाडिदियो ।

त्यतिमात्र होईन डिएसपीले मोबाईल नम्बर चेन्ज गर्न र उनले पढाउने स्कुल पनि छाड्न सुझाव दिएको सन्तोष आफै बताउछन् । सन्तोषलाई प्रहरीले छाडेको थाहा पाएपछि मायाले साथीको सहयोगमा पुन हनुमान ढोकामा निवेदन दिईन् । प्रहरीले उन्को निवेदन लियो र सन्तोषलाई पुन भदौ १२ गते पक्राउ ग¥यो । उनि अहिले कालिमाटिको महिला सेलमा छन् ।

त्यही प्रहरी प्रभावमा परेर पहिले छाड्छ र पछि पुन समात्छ । पछि समात्ने प्रहरीले माया मिडियामा गए प्रहरीको बदनाम हुने भन्दै पीडितलाई क्षतिपुर्ती दिलाउनु पर्ने भन्दा पनि कीर्तिपुरका डिएसपी नमानेको माया बताउछिन् ।

कुटपिटपछि कयौ दिन आईसियुमा भर्ना भएकी मायाले अझै बुझेकी छैन्न प्रहरीले किन उनका दोषीलाई छाड्यो । यही घटनापछि मायाको श्रीमानसँग पनि राम्रो सम्बन्ध छैन् । तर पनि श्रीमानले उनका बुवाको उपचार खर्च दिदै आएको माया बताउछिन् ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]