Nepa Top
century-bank

काठमाडौं र ललिपुर महानगरलाई चिनियाँ कम्पनीद्वारा मोनेरेल सञ्चालनको सम्भाव्यता प्रतिवेदन हस्तान्तरण

काठमाडौं, २८ भदौ । चिनियाँ निर्माण कम्पनी रेलवे कन्सट्रक्सन कर्पोरेसनले काठमाडौ र ललितपुर महानगरपालिकालाई रेल सञ्चालनको सम्भाव्यता प्रतिवेदन बुझाएको छ ।

उपत्यकामा मानोरेल सञ्चालन गर्नेबारे अध्ययन गरेको चिनियाँ टोलीले काठमाडौं र ललितपुर महानगरपालिकालाई प्रतिवेदन बुझाएको हो । झण्डै १ खर्ब १६ अर्ब लागतमा मोनोरेल कुदाउन सकिने विस्तृत अध्ययनसहित कम्पनीले महानगरलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनका अनुसार ३ वर्षमा निर्माण सक्ने र उपत्यकामा १७ वटा स्टेसन रहने छ ।

त्यसैगरी, प्रतिघन्टा एक सय किलोमिटरको गतिमा गुड्ने रेलले ३ हजार यात्रु बोक्ने जनाइएको छ । उपत्यकामा मोनोरेलको सम्भाव्ता अध्ययनका लागि भन्दै गत जेठ ११ मा चिनियाँ कम्पनी सिआरसिसीलाई जिम्मा दिइएको थियो ।

सम्झांैता अनुसार चक्रपथको सडकमाथिको कूल २७ दशमलव ५ किलोमिटरमा सो मोनोरेल संचालन गरिनेछ । काठमाडौं र ललितपुर महानगरपालिकाले मोनोरेल संचालनका लागि मातहतका नगरपालिकासँग पनि आर्थिक सहायताका लागि आग्रह गर्ने योजना बनाएको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]