Nepa Top
century-bank

सिके राउत र विप्लवले आन्दोलनको राजनीति छोड्नुपर्छः संयोजक सोमप्रसाद पाण्डे (भिडियो)

काठमाडौं, २८भदौ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका द्वन्द्वरत र असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले केही दिन अघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्तामा आउन औपचारिक आग्रह गरेको हो ।

भदौं ८ गतेको मन्त्रिपरिषद बैठकले द्वन्द्वरत र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेको थियो ।

टोलीले गृह मन्त्रालयसँगको समन्वयमा काम सुरु गरिएको जानकारी दिँदै द्वन्द्वरत र असन्तुष्ट पक्षलाई भोलिदेखि नै वार्तामा आउन पत्राचार गरिने जनाएको छ । असन्तुष्ट समुहसँग संघीय राजधानी वा उसले बोलाएको ठाउँमै गएर वार्ता गरिने जनाएको टोलीले त्यस्ता समुहको अन्तिम संख्या यकिन नभएपनि २३ वटालाई प्रारम्भिक सूचीमा राखिएको जनाएको छ ।

यसै सन्दर्भमा न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती ६ प्रश्न कार्यक्रममा बोल्दै वार्ता टोलीका संयोजजक सोम प्रसाद पाण्डेले सिके राउत र विप्लवले आन्दोलनको राजनीति छोड्नुर्ने बताएका छन् ।

बाँकी भिडियोमा हेर्नुहोलाः

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]