Nepa Top
century-bank

मार्वल स्टुडियोले एभिएन्जरको पाँचौं शृंखलामा बलिउड अभिनेता शाहरुख खानलाई लिने

एजेन्सी मुम्बई  ।  बलिउड अभिनेता शाहरुख खानलाई मार्वल स्टुडियोले एभिएन्जरको पाँचौं शृंखलामा बलिउड अभिनेता शाहरुख खानलाई लिने चाहना व्यक्त गरेको छ ।

भारतमा मार्वल स्टुडियोका फिल्मका पात्र आइरन म्यान, डाक्टर स्ट्रेंज, थाँर, क्याप्टन अमेरिका, स्पाइडर म्यान आदि निकै लोकप्रिय छन् । भारतमा पनि आफ्नो फिल्मले राम्रो व्यापार गर्न थालेपछि मार्वल स्टुडियोको नजर बलिउड कलाकारतर्फ पर्न थालेको हो ।

मार्वल स्टुडियोका बीपी क्रिएटिभ डेभलपमेन्ट स्टिफन बैंकरले आफूले भारतीय कथामा अब फिल्म बनाउँदा शाहरुख खानलाई लिने बताएका छन् ।

मार्वल स्टुडियोका फिल्महरू अमेरिकासँगै विभिन्न देशका कथासँग जोडिने भएकाले सो देशका कलाकारलाई नै फिल्ममा महŒव दिने गरेको पनि स्टिफनले बताए । त्यसैले एभिएन्जरको नयाँ शृंखलामा भारतीय कथा लिनु परेमा त्यसमा शाहरुख खानलाई नै लिने पनि उनले जानकारी गराए ।

‘अहिले नै हामी फिल्मको बारेमा शाहरुखसँग कुरा गर्न सक्दैनौं । तर, फिल्मको छायांकन भारतमै गर्ने र यहाँकै कथालाई महŒव दिने निर्णय भएको खड्डमा म शाहरुखलाई नै नायकको रूपमा पहिलो महŒव दिएर अनुबन्धित गर्नेछु,’ स्टिफनले भने ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]