Nepa Top
century-bank

सेञ्चुरी बैंकको ए.टि.एम्. सनराइज टावरमा

काठमाडौं, २४ भदौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उदेश्यले धोबिघाट, ललितपुरस्थित सनराइज टावरमा गत भदौ २३ गतेबाट ए.टि.एम्. सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकका सञ्चालक समितिका सदस्य राजेश राज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्ण बहादुर क्षेत्रीले संयुक्त रुपमा ए.टि.एम्. को उद्घाटन गरेका छन् ।

उद्घाटन पश्चात् बैंकले ५१ वटाए.टि.एम्.बाट सेवा प्रदान गर्ने छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]