Nepa Top
century-bank

सुनसरी अदालतमा नयाँ मुलुकी ऐनको पहिलो मुद्दाः सम्बन्ध बिच्छेद

  • अमर काफ्ले,

इनरुवा । मुलुकी ऐन कार्यान्वयनमा आएसँगै सुनसरी अदालतमा पहिलो मुद्दाका रुपमा सम्बन्ध बिच्छेदको घटना दर्ता भएको छ ।
पत्नीसँग सम्बन्ध बिच्छेद गरि पाउँ भनि पतिले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेका छन् ।

सुनसरीको धरान उमहानगरपालिका १८ का राजेश राईले नयाँ कानुन अनुसार पत्नी विरुद्ध सम्बन्ध विच्छेदको मुद्दा सुनसरी जिल्ला अदालतमा दर्ता गरेका हुन् ।

पुरानो मुलुकी ऐन खारेज भई नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ आज देखि मुलुक भरी लागु भएको छ । सोही ऐनमा भएको व्यवस्था अनुसार धरान उपमहानगरपालिका १८ का राईले पत्नी सन्तकला राईसँग सम्बन्ध विच्छेद गरी पाउँ भनि जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

सुनसरी जिल्ला अदालतले पहिलो पल्ट नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ को अभ्यास गर्दै परिच्छेद ३ सम्बन्ध विच्छेद सम्बन्धि व्यवस्थाको दफा ९४ (क), (ख), (ग) र (घ) अनुसार अधिवक्ता पदम लिम्बुले मुद्दा दर्ता गरेपछि नयाँ मुलुकी ऐनको शुभारम्भ गरिएको जनाएको छ ।

यस अघि पुरुषले अदालतमा सोझै मुद्दा दर्ता गराउने प्रावधान थिएन । महिलाले मात्र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने प्रावधान रहिआएको थियो ।

नयाँ मुलुकी ऐनको दफा ९४ मा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था अनुसार पतिले पत्नीको मञ्जुरी नभए पनि कानुनले तोकेको परिधीमा रही सम्बन्ध विच्छेद गर्न सक्ने उल्लेख छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]