Nepa Top
century-bank

बेनी–जोमसोम सडक मंगलवार बिहानदेखि अवरुद्ध

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको घाँसा देखि अगाडी कालिगण्डकी र थापलाङखोलामा आएको वाढिले दर्जनौँ ठाउँमा पहिरो खसेपछि सडक दुई दिन देखि अवरुद्ध बनेको छ ।

केहि दिनदेखि परेको अविरल वर्षाका कारण ७६ किलोमिटर दूरीको सडकको बेनीदेखि घाँसा खण्डमा पहिरो खसेपछि सवारी आवागमन बन्द भएको हो । सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयवासी बाटामै अलपत्र पर्नसक्ने हुदा त्यहाँका स्थानीय र प्रशासनले केहि समयका लागि यात्रा नर्गन अनुरोध गरेका छन् ।

म्याग्दी र मुस्ताङको सिमाना घाँसा, थापलाङखोला नजिकका वस्तीहरु पनि जोखिममा रहेको मुस्ताङबाट युवा समाजसेवी अविनाश गौचनले जानकारी दिए । म्याग्दीका तितर, काभ्रेभीर, गुइँठे, रुप्से, बैसरी र बेगखोला क्षेत्रमा पनि पहिरो खसेपछि सडक अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

आयोजनामा परिचालन भएका निर्माण कम्पनीका डोजर प्रयोग गरेर साँझसम्म सडक खुलाउने प्रयास भइरहेको बताइएको छ । कालोपत्रे गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम भइरहेको बेनी–जोमसोम सडकमा पहिरोको जोखिम बढेको छ ।

यसैगरी अन्य विभिन्न ठाउँमा समेत कालीगण्डकीले धार परिवर्तन गरी भएको कटानका कारण वस्तीहरु जोखिममा परेको छन् ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]