Nepa Top
century-bank

भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

नयाँ दिल्ली । अखिल भारतीय आयुविज्ञान (एम्स)मा पछिल्लो ९ साताबाट भर्ती भएका भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको आज बिहीबार निधन भएको छ । वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको हो । भारतीय आयुर्विज्ञान (एम्स) ले एक विज्ञप्ति जारी गर्दै बिहीबार साँझ भारतीय समय अनुसार ५ बजेर ५ मिनेट जाँदा वाजपेयीको उपचारका क्रममा निधन भएको जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी पनि वाजपेयीको निधनपछि एम्स पुगेका थिए, भने अहिले उनी त्यहाँबाट फर्किसकेका छन् । अहिले एम्समा भाजपाका अध्यक्ष अमित शाहका साथमा अन्य मन्त्रीहरु पुगेका छन् ।

स्वस्थ्यमन्त्री जेपी नड्डाले मिडियासँग कुराकानी गर्दै दिउसो करिब दुई बजेतिर वाजपेयीको अवस्था गम्भीर रहेको बताएका थिए । साथै उनको स्वस्थ्य ठीक पार्नका लागि डाक्टरहरु पूरै लागि परेका जानकारी पनि गराएका थिए ।

कांग्रेसका अध्यक्ष राहूल गान्धी पनि अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था बुझ्नका लागि पुगेका थिए । यसको साथै वाजपेयीको अवस्था बुझ्नकै लागि आज दिउँसो फारुप अब्दुल्ला, अरविन्द केजरीवाल र मनिष सिसोदिया पनि एम्स पुगेका थिए ।

अटल बिहारी वाजपेयीको स्वस्थ्यअवस्था बुधबारबाट बिग्रिएको थियो । यो कुरा एम्सको तर्फबाट बुधबार राति जारी गरिएको बुलेटिनमा बताईएको थियो । पछिल्लो २४ घण्टा देखि पूर्व प्रधानमन्त्री वाजपेयीको अवस्था बिग्रिएको जानकारी गराइएको थियो । साथै उनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको थियो ।
उनको युरिन इन्फेक्शन र सास लिनमा निकै समस्या बढिरहेको थियो ।

यसरी वाजपेयीको अवस्था गम्भीर भएपछि एम्समा अमित शाह, राजनाथ सिंह, जेपी अड्डा, प्रकाश जावडेकर, विजय गोयल लगाएतका नैताहरु एम्स पुगेका थिए ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]