Nepa Top
century-bank

किन लुकाउदै छन् अभिनेत्री पूजा शर्मा र निर्देशक सुर्दशन थापाले आफ्नो प्रेमलाई ??

काठमाडौँ ।  चलचित्र क्षेत्रमा निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा विच प्रेम छ भन्ने हल्ला छ । पूजाले त सुदर्शन थापाद्धारा निर्देशित चलचित्रहरुमा मात्र आफु काम गर्ने घोषणा समेत चलचित्र रामकहानीको ट्रेलर रिलिज कार्यक्रममा गरेकी छिन् । प्रायः सँगसगै सार्वजनिक कार्यक्रमहरुमा समेत देखिने यी जोडीले आफुहरु प्रेममा रहेको कुरालाई भने अस्विकार गदै आएका थिए ।

पूजासँग बेलाबेला विभिन्न सञ्चार माध्यमले मायाप्रेमका बारेमा कुरा गर्दा सुर्दशन आफ्नो साथी मात्र भएको र आफ्नो लागी पार्टनर खोजीरहेका कुराहरु व्यक्त गदै आएकी छिन् । तर विहिबार बेलुका निर्देशक थापाले फेसबुकमा लेखेको एउटा गीतको अंशले उनीहरु प्रेममा छन् भन्ने कुरा स्पस्ट हुन्छ । म यस्तो गीत गाउँछु चलचित्रको गीतमा समावेश गीतको एउटा अंश फेसबुकमा पोष्ट गदै पूजा प्रति आफ्नो प्रेम व्यक्त गरेका छन् ।


उनले आफ्नो र अभिनेत्री पूजा शर्माको तस्बिर पनि राखेर तिम्रो साथमा भएर हास्न सजिलो हुन्छ मलाई, भविष्य संझिएर बाच्न सजिलो हुन्छ मलाई बोलको गीत राख्दै उनले पूजाप्रति प्रेम देखाएका छन् । अव पूजा र सुर्दशन विच के छ त्यो उनीहरुलाई नै थाहा होला तर सुदर्शनले यो गीतको अंश पूजाकै लागि लेखेको कुरा भने सबैले वुझिसकेका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]