Nepa Top
century-bank

युरोपेली युनियनको प्रतिबन्धका कारण राष्ट्रिय ध्वजाबाहक बिमान समस्यामा

  • छवि

युरोपेली युनियनले युरोपमा राष्ट्रिय ध्वजावाहक जहाजको उडान रोकेको छ । हवाई सुरक्षा मापदण्ड पूरा गर्न नसकेको भन्दै युनियनले नेपाली एयरलाईन्सको उडान रोकेको हो । अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले कालोसूचीबाट नेपाललाई हटाएपनि ईयूले प्रतिबन्ध फुकुवा नगर्दा नेपाली एयरलाईन्सले युरोपेली राष्ट्रहरुमा उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपाली एयरलाईन्समाथिको निरन्तरको प्रतिबन्धका कारण राष्ट्रिय ध्वजाबाहक विमानले अष्ट्रेलियासँग सिधै उडान भर्ने लगायतका सम्झौता समेत गर्न नसकेको प्राधिकरण्को भनाई छ । ईयूले युरोपेली देशहरुको आकाशमा नेपाली एयरलाइन्समाथि लगाउँदै आएको प्रतिबन्ध हट्दा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन मन्त्रालयले युरोपका विभिन्न देशहरुमा नेपाली जहाजले उडान गर्ने तयारी गरिरहेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]