Nepa Top
century-bank

प्रदेश नम्बर दुईमा प्रधानमन्त्रीले शनिबार सम्बोधन गर्ने

काठमाडौं । प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले हिजो प्रदेश सभामुख सरोजकुमार यादवलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रमबारे जानकारी गराएपछि प्रदेशसभा तयारीमा जुटेको छ ।

प्रधानमन्त्रीको सम्बोधनको तयारी गर्नुपर्ने भएकाले आज बोलाइएको बैठक समेत स्थगित गरिएकोछ । प्रधानमन्त्री ओलीले शनिवार ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले नै सम्बोधन गर्ने हुनाले प्रदेशका सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थिति हुन प्रदेशसभा सचिवालयले आग्रह गरेको छ । पहिलो पटक प्रधानमन्त्री ओलीले प्रदेश सभामा सम्बोधन गर्ने भएपछि प्रदेश सभा सचिवालय तयारीमा जुटेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]