Nepa Top
century-bank

घरबिदामा आएका कामदार पुनः कतार जान पाएनन्

  • मधुजंग पाण्डे

काठमाडौ। विगत लामो समयदेखि श्रम स्वीकृति दिने कार्य बन्द भएकाले वैदेशिक रोजगारीमा गई घर बिदामा आएका कामदार पुनः कतार जान पाएका छैनन् । घरेलु कामदारको रुपमा विभिन्न मुलुकमा पुगेका नेपाली युवा,युवतीले ज्यादै दुःख पाएको र घरेलु हिंसामा परेको जनगुनासो आएपछि सरकारले विगत डेढ वर्षअघिदेखि घरेलु कामदारलाई श्रमस्वीकृति नदिने निर्णय लिएकाले अहिले घर बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जाने तयारीमा रहेका ती कामदारहरु मर्कामा परेका हुन ।

संसदको श्रम समितिले निर्देशन दिएपछि सरकारले २०७३ सालको २२ चैतदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिवन्ध लगाएको थियो । सोही निर्देशन पछि वैदेशिक रोजगार विभागले घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिने कार्य बन्द गरेका कारण अहिले विगत १२/१५ वर्षदेखि विदेशमा रहेका नेपाली कामदार आफ्नो घर आउन पाएका छैनन् भने उताबाट घरबिदामा आएकाहरु समेत पुनः श्रमस्वीकृति लिएर जान पाएका छैनन् । विगत १५ वर्षदेखि कतारको एक राजपरिवारको घरमा काम गर्दै आएका बेल्कोटगढी नगरपालीका –११ नुवाकोटका कृष्णमुरारी पाण्डेले वैदेशिक रोजगार विभागले पुनः श्रमस्वीकृति नदिएकाले आफु गम्भिर मारमा परेको बताए ।

तीन महिनाअघि सामान्य बिरामी भई घरबिदामा आएको बताउँदै उनले भने, ‘मैले उताबाट स्वदेश फर्किने बेला कतारस्थित नेपाली दूतावासको पत्र बोकेर आउँदा पनि पुनः श्रमस्वीकृति पाइएन’। उनले अहिले यहाँका केही बिचौलियाहरुले आफुलाई बढी पैसा लिएर श्रम स्वीकृति दिन्छु अथवा भारतीय बाटोहुँदै गए भइहाल्छनी भन्दाभन्दैपछि अहिले आफु वैधानिक रुपमा मात्र जान चाहेकाले जान नपाएको गुनासो गरे । उनले घर बिदामा आएको भिषाको समय त्यसै खेर गएपछि आफुले कतारमा १५ वर्षभन्दाबढी समय एउटै कम्पनीका काम गरेर पनि त्यहाँबाट आफुले सबै हिसावकिताव गरि पाउने करिब १५/१८ लाख रुपैयाँ त्यसै गुमाउनुपरेको बताए । पुनः श्रमस्वीकृति नपाएकै कारण अहिले पाण्डे मात्र नभएर धेरै कामदार मर्कामा परेका छन ।

यसअघि औपचारिक क्षेत्रमा काम गर्ने भएपनि व्यक्तिगत स्पोन्सरमा रहेकालाई वैदेशिक रोजगार ऐनले घरेलु कामदारका रूपमा श्रमस्वीकृति दिने गरेको थियो । वैदेशिक रोजगार विभागबाटै पटक–पटक श्रमस्वीकृति लिई हाल विदेशमा कार्यरतलाई समेत पुनः श्रमस्वीकृति दिइएको छैन । चौतर्फी दवावपछि सरकारले बल्ल वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकतर्फ जाने घरेलु कामदारको पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । संसदको श्रम समितिले निर्देशन दिएपछि सरकारले २०७३ सालको २२ चैतदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिवन्ध लगाएको थियो । करिब डेढवर्षसम्म श्रम स्वीकृति दिने कार्य रोकिएपछि विभिन्न मुलुकबाट घर बिदामा आउन खोज्ने र स्वदेश फर्किएर पुनः जाने कामदार निकै मर्कामा परेका छन् ।

त्यसबेलादेखि अहिलेसम्म नेपाली घरेलु कामदारको श्रम स्वीकृति दिने कार्य रोक्दा धेरै नेपाली कामदार विभिन्न मुलुकबाट केही महिनाको घर बिदामा स्वदेश आएर पुनः श्रम स्वीकृति लिएर आफु कार्यरत पहिलेको काममा जान समेत पाएका छैनन् । कतिपय कामदार पुनः श्रम स्वीकृति नपाउने डरमा घर विदामा आउन समेत छोडेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामदारको पुनः श्रम स्वीकृतिको प्रस्ताव मनित्रपरिषदमा लैजाने तयारी गरेको छ
करार अवधि रहेकै अवस्थामा समेत रोजगारदाताले दिएको विदामा घर फर्किन नपाउँदा कतिपय मानसिक समस्यामा समेत परेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामदारको पुनः श्रम स्वीकृतिको प्रस्ताव मनित्रपरिषदमा लैजाने तयारी गरेको छ । मन्त्रालयले यसैसाता घरेलु कामदारको पुनः श्रम स्वीकृति खोल्ने विषयमा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने विषयमा छलफल चलाइरहेको छ ।

हाल कुवेतमा ६ हजार भन्दा बढी, युएइमा २५ हजार, साउदीमा ४० हजार, कतारमा करिब २० हजार र सिंगो खाडीमा १ लाख भन्दा बढी घरेलु कामदार रहेको अनुमान छ । केही समय अघि यूएईको वरदुवाइमा जम्मा भएका अधिकांश गुल्मी, अर्घाखाँची र रुपन्देहीका महिला कामदारहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग पुनः श्रम स्वीकृति खोल्न अपील गरेका थिए । लामो समयदेखि आफु कार्यरत रोजगारदातासित भिषाको म्याद थप गर्दै घर फर्किन नपाएका पीडित पिडित कामदारहरुको पक्षमा यूएईमा श्रमरत नेपाली संगीतकर्मीहरुले तीज गीत समेत सार्वजनिक गरेका छन् ।
संचारकर्मी राजा बगर र गायक गोपाल भट्टराइले आफ्ना नाबालक छोराछोरी र परिवारका सदस्यलाई भेट्न नपाएको वर्षौं भएको दर्साउदै ‘श्रम स्वीकृति खोल सरकार’ नामक एल्बम गत बिहीबार सार्वजनिक गरेका हुन् ।

 

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]