Nepa Top
century-bank

मदन राईको नेतृत्वमा ‘यूनिसान’को नयाँ कार्यसमिति

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ‘संयुक्त राष्ट्रसंघ युवक तथा विद्यार्थी संघ नेपाल’ (यूनिसान)को साधारण सभामार्फत ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।

गत शनिबार युनियन हाउस काठमाडौंमा सम्पन्न बैठकमार्फत अध्यक्षमा मदन राईसहित ११ जना नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित हुनेमा उपाध्यक्ष्यमा डा. सरल शर्मा, महासचिवमा अमृत बन्जाडे, सचिवमा बिध्यावती राई, कोषाध्यक्ष्यमा जेफेन लामा, निर्विरोध रूपमा निर्वाचित भएको निर्वाचन प्रमुख अधिवक्ता दिनेश लामिछानेले जानकारी दिए ।

प्रमुख लामिछानेका अनुसार सदस्यहरूमा निर्मला नेपाली, मनिता पोखरेल, सुनिता डंगोल, सुबिन गुरुङ, विकाश राई र प्रज्ञावती राई निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा पूर्व अध्याक्ष्य डा.प्रकाश बन्जाडेले नव निर्वाचित पदाधिकारीहरू लाई बधाई दिँदै बरु थोरै काम गर्ने तर संस्थाका उद्देश्य विपरीत काम नगर्ने सुझाव दिए । पूर्बाध्यक्ष्य डा. बन्जाडेले राष्ट्रिय एजेण्डालाई अन्तर्राष्ट्रिय करण गर्दै अन्तर्राष्ट्रियएजेण्डा लाई राष्ट्रिय र स्थानीय तहमा लैजान आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि सांसद तथा अर्थ समितिका सदस्य हेम कुमार राई (सुरवीर)ले नेपालको विकाश र संवृद्धिमा युवाको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले भने, ( ‘युवाले मात्रै विकास र संवृद्धि ल्याउन सक्छ तर राज्यले युवा शक्तिलाई परिचालन गर्न सकेको छैन ।’

कार्यक्रममा नव निर्वाचित अध्यक्ष मदन राईले नेपालमा केन्द्रीकृत संरचनामा रहेको युवाको सशक्तीकरण सहभागिता र संलग्नतालाई अब स्थानीय तहसम्म विकेन्द्रितकृत संरचनामा लान (यूनिसान)ले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, अब नेपालमा युवा शक्तिको अधिकार, आवश्यकता र अन्तर्राष्ट्रियकरणको विषयमा प्राज्ञिक, सैद्धान्तिक, अनुसन्धानात्मक र व्यवहारिक संरचनामा गहन बहस सृजना गर्दै नेपालको विकाश र संवृद्धिमा युवाको भूमिकालाई उजागर गर्नेछ ।

कार्यक्रममा विशेष अतिथि संयुक्त राष्ट्रसंघ नेपालका सूचना केन्द्र प्रमुख रामबाबु शाह, नर्भिक इन्टरनेश्नलका निर्देशक सुलभ सापकोटालगायतले नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]