Nepa Top
century-bank

झाँक्रीद्वारा ५ वर्षीय बालकमाथि यौन दुव्र्यवहार, ‘मुख मैथुन’ गरेको पीडितको आरोप

कञ्चनपुर । कञ्चनपुरमा ५ वर्षीय बालकमाथि ६६ वर्षका झाँक्रीले यौन दुव्र्यवहार गरेका छन् । अहिलेसम्म महिला तथा बालिकाहरु बलात्कृत भएको घटना घट्दै आएकोमा झाँक्री धामीले भने बालकको मुखमा लिंग घुसाएका हुन् ।

झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिंग घुसाएर ‘माउथ सेक्स’ गरेको पीडित परिवारले जनाएको छ ।छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार दिउँसो घरमै बोलाएका थिए । बेलुका खाना खाएर झाँक्री बालकसँगै सुतेका थिए ।

म बालकसँग नै सुत्छु भन्दै सुतेका धामीले मध्यरातमा विजुली गएको मौका छोपेर छोरोको मुखमा लिंग घुसाएको पीडित बालकका बाबुले बताए । राति विजुली गएको समयमा झाँक्रीले मुखमा लिंग घुसाईरहेको देखेपछि दुई झापड हानेर प्रहरीलाई खबर गरेको पीडित बालकका बाबुले प्रहरीसमक्ष बयान दिएका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]