Nepa Top
century-bank

नेतृत्वमा हानथाप र समूहगत स्वार्थले नेकपाको सांगठनिक समायोजनमा सकस

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले जेठ ३ गते पार्टी एकता गरेको चार दिनपछि अर्थात् जेठ ७ गते दुवै पार्टी मातहतका कमिटी तथा जनवर्गीय संगठनको एकता तीन महिनाभित्र सक्ने निर्णय ग¥यो । तर, तीन महिना पुग्नै लाग्दा प्रदेश र जिल्लासहित भ्रातृ संगठन एकीकरणमा नेकपालाई निक्कै सकस परिरहेको छ ।

जेठ ७ गतेको निर्णय नेकपाले गम्भीरतापूर्वक कार्यान्वयन गरेको भए भदौ ७ गतेभित्र प्रदेश, जिल्ला र स्थानीयसहित भ्रातृ संगठनको समायोजन सकिन्थ्यो । तर, विधान र नियमावली बन्नै समय लागेकाले समायोजन प्रक्रियाले अपेक्षाअनुसार गति लिएन । एकताको दुई महिना बित्दा नेकपाको सचिवालय, स्थायी र केन्द्रीय बाहेकका कमिटी बन्न सकेको छैन ।

जसले देशभरका कार्यकर्तामा अन्योल बढाउँदा सांगठनिक गतिविधि पनि शुन्य छ । साउन २५ गतेसम्म कार्यावधि रहेको कार्यदलको म्याद थपिनुले पनि सांगठनिक समायोजनमा कहीँ न कहीँ समस्या रहेको प्रतित हुन्छ ।

एकताका लागि बनाइएका कार्यदलहरूको काम पनि द्रुत गतिमा भएको छैन । अहिलेसम्मको कामको प्रकृति हेर्दा यसले तल्लो निकायका एकतामा पनि केही जटिलता छन भन्ने संकेत गर्छ । यस्तोमा केन्द्रबाटै पूर्ववत दुई पार्टीबीच अनुपातकै आधारमा नेतृत्व र कमिटीमा रहनेको संख्या बाँडफाँड गर्ने विकल्पसहित एकै पटक निर्णय हुन सक्ने सम्भावना पनि छ । तर, पार्टीभित्र आप्mनो उपस्थिति बलियो बनाउन कम्मर कसेका गुटका हिमायती कै कारण एकतामा सहजता हुने देखिँदैन । ढिलाइ हुनुका कारणमा प्रवक्ताको तर्क यस्तो छ ।

नेकपा सचिवालयको पछिल्लो बैठकले एकाता प्रक्रियालाई सहज भने बनाएको छ । संघ र प्रदेशका मन्त्री, दलका नेता, प्रमुख सचेतक र जनप्रतिनिधिलाई पार्टीको कार्यकारी पद (अध्यक्ष र सचिव) नदिइने निर्णय भएकाले समायोजनमा नेतृत्वको हानाथाप केही घटेको छ । तर, नेकपाभित्र घोषित रुपमा रहेको तीन गुट र अघोषित दर्जनौ गुटले गर्दा र नेतापिच्छे गुट निर्माण भएपछि तल्ला कमिटी निर्माणमा सकस परिरहेको छ ।

नेकपा अध्यक्ष केपी ओली समुहले आफु निकटका ब्यक्तिलाई तल्ला कमिटीमा धेरै ल्याउने कोशिस गरेका छन भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर पनि आफ्नो प्रभाव बलियो बनाउने कसरतमा छन् । त्यसको समेत असर पर्दा सांगठनिक समायोजन ढिला भइरहेको हो । यद्यपी, नेकपामा नेताहरु भदौं १५ भित्र सबै कमिटीको समायोजन सकिने दावी गर्छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]