Nepa Top
century-bank

फरक क्षमताका कारण सशस्त्रका जवान दिनेश बने ‘पार्कर’ 

काठमाडौं । संकल्प र अठोट भए सपनाको उडान भर्न कठिन छैन भन्ने एक उदाहरण हुन्, सशस्त्र प्रहरीका जवान दिनेश सुनार । जो चलचित्र क्षेत्रमा ‘स्टन्ट म्यान’का रुपमा परिचित छन् । उनै दिनेशले फरक क्षमता पुष्टि गर्दै दुई विधामा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएका छन् । र, योसँगै उनको ख्याती पार्कर दिनेशको रुपमा थप चर्चित भएको छ ।

यिनी हुन् स्टन्ट म्यान उर्फ पार्कर दिनेश सुनार । नेपाली रजतपटमा फरक पहिचानका साथ उदाएका हुन दिनेश । पहाडका गोरेटो र बगरमा उफ्रिने, पल्टिने अभ्यासले अन्ततः यिनलाई अब्बल सावित गरायो । फरक र बिशिष्ठ क्षमताका कारण ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम दर्ता गराउन पनि सफल भएका छन् दिनेश ।

खोटाङमा रहँदा प्रदर्शन गरेको क्षमतामा सशस्त्र प्रहरी बलको आँखा पुग्दा दिनेश काठमाडौं आए । अर्थात् सशस्त्र प्रहरी बलले यिनलाई काठमाडौं ल्यायो । त्यसयता, आफ्नो कला–कौशलले सशस्त्र प्रहरीको मात्र नभई दिनेशले नेपाली रजतपटकै शान बढाएका छन् ।

दिनेशले ‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’–२०१७ र ‘द मस्ट ब्याकवार्ड समरसाउट वाल इन ३० सेकेन्ड’ २०१८ मा यिनले ‘वल्र्ड रेकर्ड’ दर्ता गराएका छन् । साथै उनले ‘वल्र्ड फ्रि रनिङ पार्कर फेड्रेसनको निम्तामा अमेरिकाको फ्लोरिडा पुगेर दिनेशले आफूलाई अब्बल सावित समेत गर्न सफल भए । रबर जस्तो शरीर र चराजस्तै उड्ने दिनेशको असामान्य क्षमताले धेरैलाई लोभ्याएको छ ।

दिनेशले हवल्दार सुन्तली, हँसिया, किस्मत–२ लगायत चलचित्रमा ‘स्टन्ट म्यान’को भूमिका निर्वाह गरेका छन् । फरक क्षमताकै कारण यिनले पाएको सफलता झनै लोभलाग्दो छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]