Nepa Top
century-bank

रसुवागढीको घट्टेखोलामा पहिरोले सडकमार्गमा क्षति पु¥याउँदा नाका दुईसातादेखि ठप्प

रसुवा । रसुवागढी नाका दुई सातादेखि ठप्प छ । नाका नजिकै घट्टेखोलामा पहिरोले पुलसहित सडकमार्गमा क्षति पु¥याएपछि बन्द रहेको नाका खोल्न अझै तीन साता लाग्ने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

पहिरोका कारण सदरमुकाम धुन्चेदेखि ३३ किलोमिटर उत्तरमा रहेको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेदेखि यातायात सन्चालन हुन नसक्दा रसुवागढी नाका साउन ९ गतेदेखि वन्द छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार क्षतिग्रस्त पुल र सडक मर्मत गर्न प्राविधिकले एक महिना समय लाग्ने जानकारी दिएका छन् ।

काठमाडौंदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोसी नदी किनारामा रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा हाल मोटरसाइकल र पैदलयात्री मात्र जोखिमपूर्ण यात्रा गरिरहेका छन् । साना तथा ठूला यातायातका साधन बन्द छन् । घट्टेखोलापुलमा बाढीले पुलमा क्षति पु¥याएपछि रसुवागढी नाका बन्द भएको हो । पहिरो हटाउनु अगाडि यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम भएकाले रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

२०७१ सालदेखि औपचारिकरुपमा सञ्चालनमा आएको रसुवागढी नाकाबाट पछिल्लो पटक बन्द हुनु अगाडि दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवत–जावत गर्ने गर्थे । यसअघि २०७२ बैशाख १२ गतेको भूकम्पका कारण यो नाका केही महिना बन्द भएको थियो । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात यही नाकाबाट हुँदै आएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]