Nepa Top
century-bank

शहर कब्जा गर्नेक्रममा अफगानिस्तानमा चौध सुरक्षाकर्मी मारिए

काबुल, अफगानिस्तान । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका छन् ।

आक्रमणमा परी कम्तीमा २० सुरक्षाकर्मी घाइते भएका घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद हेमटले बताउनुभयो ।

प्रहरी प्रमुख फरिद अहमद मसालका अनुसार दोहोरो भिडन्तका कारण कतिपय पसलहरुमा आगजनी भएको भएको छ ।

तालिबान आतङ्ककारी समूहले बिहीबार अबेर रातिबाट घाज्नी सहरका विभिन्न इलाकामा रहेका सैनिक जाँच चौकीलगायत शहरमा आक्रमण गरेका प्रहरी पमुख फारिद अहमद मसालले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

बिहीबार राति नै अफगानिस्तानको पश्चिम भागमा पर्ने हेरात प्रान्तको ओबे जिल्लामा तालिबानले गरेको अर्को आक्रमणमा परी छ प्रहरी अधिकारी मारिएका सो प्रान्तमा गभर्नरका प्रवक्ता गेलानी फर्हादले जानकारी दिनुभयो ।

 

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]