Nepa Top
century-bank

स्थानीय संरचना अन्यौलका कारण वन कार्यालय मुगुमा कम राजश्व संकलन

  • दान बहादर बुढा,

मुगु । नेपाल सरकारलको स्थानीय संरचना परिवर्तनको अन्योलमा मुगु जिल्ला वन कार्यालयमा मुगुमा गर्त वर्ष भन्दा यो र्ष कम राजश्व संकलन भएको छ ।

राज्य पुनः संरचना अनुसार जिल्ला वन कायलय स्थानीय निकायमा गाविने र वन कार्यालयबाट उठाउने जडिबुटीको राजश्वसमेत स्थानीय निकायबाट उठाउने वा जिल्ला वन कार्यालयले उठाउने भन्ने अन्यौलमा परेको कारण राजस्व कम संकलन भएको हो । व्यापारी र कार्यालयका कर्मचारीबीच अन्यौल भएको हुदा यो वर्ष कम राजश्व उठेको जिल्ला वन कार्यालय मुगुले जनाएको छ ।

सतुवा, गुच्ची च्याउ, कुटकी, यार्सागुम्वा, अतिर, वन लसुन, चिराईतो, सुगन्धवाल, बिष जरा लगाएत मुगु जिल्लाबाट बाहिरका जिल्लामा निर्यात हुने १८/१९ भन्दा बढी प्रजातिका जडिबुटीबाट १० लाख २९ हजार र काठ बाट १ लाख राजश्व उठेको छ । त्यस्तै वर्षमा २७ लाख ९९ हजार राजश्व उठाएको जिल्लामा रहेका ३८ प्रजातिका जडिबुटी मध्य १८/१९ प्रजातिका जडीबुटीबाट राजश्व उठेको जिल्ला वन कायालयका सूचना अधिकारी बसन्त कुमार शाहीले बताएका छन् ।

मुगु जिल्लाको विभिन्न वन क्षेत्रमा पाइने विभिन्न प्रजातिका जडीबुटीहरु पाक्न नदिदै संकलन गरिनु, खुल्ला छाडा चौपाय चरीचराउको कारण पछिल्लो समयमा जडीबुटी लोप हुदै गइरहेको छ ।

संकलन गरिएको जडीबुटी भने मुगु जिल्लामा जडीबुटी प्रशोधन केन्द्र नहुदा बाहिरका जिल्लामा पैठारी गरी लिनु परेको हुदा सोचे अनुसारको मूल्य नपाईने स्थानीय र अर्को तर्फ जडिबुटी संकलन गर्ने समय भन्दा पहिले जिल्ला वन कार्यालयले संकलन पर्जी दिने गरेको हुँदा जडिबुटी नपाकेको हुदै संकलन गर्ने भएको हुदा गत वर्षहरु भन्दा यो वर्ष जडिबुटी कम पाइने गरेको स्थानीय जडिबुटी ब्यापारी रामभक्त उपाध्यायले बताएका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]