Nepa Top
century-bank

कोलेस्ट्रोल घटाउन डा. सुदिप केसीको टिप्स

काठमाडौं । सम्भब भएसम्म कोलेस्टेरोल पाच बर्षमा एक पटक अवश्य जाच्नुहोस, समस्या पहिले देखि भएमा शरीर पुरै पनि चेक गर्न सक्नु हुनेछ । मधुमेह र उच्च रक्तचाप भएको बिरामीलाई कोलेस्ट्रोलको हुने बढी सम्भावना हुन्छ त्यसैले यस्ता बिरामीले बढी सतर्कता अपनाउनु पर्छ ।

कोलेस्ट्रोल नाप्न किन जरुरी छ ?

कोलेस्ट्रोल रोगको रुपमा नदेखिने भएता पनि यसको साथ मा उच्च रक्तचाप, मधुमेह ,उमेर, लिंग, जात, धुम्रपान गर्ने-नगर्ने जस्ता कुराहरुबाट सम्बन्धित व्यक्तिलाई हृदयघात, स्ट्रोकको लगायत को खतरा हुने भएकोले जांच गर्न जरुरी छ ।

कोलेस्ट्रोलको मात्रा के ले बढाउछ?

धेरै बोसो, ट्रान्स बोसो तथा कोलेस्ट्रोलको मात्रा खानाले ।
कसरत नगर्ने वा शारीरिक परिश्रम नपर्ने काम गर्नाले ।
तौल बढ्दा शरीरमा भएको राम्रों कोलेस्ट्रोल घट्दै जान्छ र नराम्रो बढ्दै जान्छ ।
पारिवारिक पृष्ठभूमि– यदि तपाइंको परिवारमा कसैलाई कोलेस्ट्रोल छ भनेतपाईलाई पनि हुने सम्भावना बढी हुन्छ ।

साधारणतया २० बर्षको उमेर पश्चात नराम्रो कोलेस्ट्रोल बढ्नसक्दछ ।

कोलेस्ट्रोल घटाउने उपायहरु

चुरोट खानु हुन्छ भने आजै बाट त्यागौ ।
मोटो र धेरै व्येट हुने ले घटाउने ।
दैनिक वा हप्ताको ३(४ पटक ब्याम गर्ने ।
तेल युक्तकुरा र कम कोलेस्टेरो भाको कुरा हरु मात्रसेवन गर्ने ।
फलफुल, हरियो तरकारी र साग दैनिक खाने ।
माछा तेलमा तरेर भन्दा उमालेर खाने ।
मोनोस्यचुरेट फ्याट-माछाको तेल, केनोला तेल, अवोकेडोको तेल र ओलिवको तेल बडी मात्रामा सेवन गर्ने ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]