Nepa Top
century-bank

सिटिजन्सको एफपीओ बाँडफाँड, गोलाप्रथाबाट ४६ हजार ३८२ जनालार्इ भाग

काठमाडौं । सिटिजन्स बैंकको एफपीओ  अाज (शुक्रबार)  बाँडफाँड भएको छ । यस एफपीओमा गोलाप्रथाबाट ४६ हजार ३८२ जना लगानीकर्ताले १० कित्ताका दरले पाएका छन् ।

दश-दश कित्ता भाग लगाउने क्रममा बाँकी रहेको ६ कित्ता सेयर पुनः ६ जनालाई बाँडफाँड गरिएको हाे । यसआधारमा ६ जना आवेदकले ११ कित्ता र अन्यले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

साउन १५ गतेदेखि १८ गतेसम्म ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री खुला गरेकाेमा कुल ६२ हजार ७०९ जना आवेदकले ६१ लाख ५ हजार ६३० कित्ताका लागि आवेदन दिएका थिए । जसमा ७३ जनाकाे आवेदन भने रद्द भएको बिक्री प्रबन्धकले जनाएकाे छ ।

सिटिजन्सले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१ः४९ कायम गर्न अंकित मूल्य १०० रुपैयाँमा १०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले एफपीओ बिक्री गरेकाे हाे ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]