Nepa Top
century-bank

भारतीय रेलवेले नेपाली आयातकर्ताहरूले तिर्ने जरिवाना तीन गुणा बढायो

वीरगञ्ज। भारतीय रेलवेले नेपाली आयातकर्ताको रक्सौलमा आउने मालवाहक ¥याकको अनलोडमा लाग्ने विलम्ब शुल्क तीन गुणासम्म बढाएको छ । भारतीय रेलवेको रक्सौल यार्डमा आउने नेपाली आयातकर्ताहरूको मालसामान अनलोडमा लाग्ने विलम्ब शुल्क शुक्रबार राति ८ बजेदेखि १५ दिनका लागि बढाइएको ।

भारतीय रेलवेले उक्त विलम्ब शुल्क वृद्धिको सूचना बुधबार नै नेपाली आयातकर्तालाई दिइसकेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव माधव राजपालले बताउनुभयो । भारतीय रेलवेको मध्यपूर्वी कार्यालय समस्तीपुरले रक्सौल रेलवेका माल अधीक्षकलाई पत्र लेखेर १५ दिनसम्मका लागि जरिवाना बढाउन भनेको सूचना आफूहरूले पाएको उहाँले बताउनुभयो । भारतीय रेलवेले रक्सौल यार्डमा मालसामानको चाप बढ्न गएको कारण देखाउँदै जरिवाना बढाएको जनाएको छ । विगतमा पनि भारतीय रेलवेले बेला बेलामा जरिवाना दर बढाउने गरेको थियो गतवर्ष यस्तो जरिवाना ६ गुणासम्म बढाएको थियो । गतवर्ष पनि १५ दिनको लागि भनेर बढाइएको यस्तै ६ गुणासम्म वृद्धि गरिएको जरिवाना दर तीन महिनापछि मात्र हटाएको थियो ।

भारतीय रेलवेलाई नेपाली आयात कर्ताहरूले तिर्दै आएको विलम्ब शुल्क एकाएक तीन गुणा बढाएपछि नेपालकै मुख्य नाका वीरगञ्ज भएर हुने आयातमा जरिवानाको भार बढ्ने भएको छ ।

यसरी बढाइएको जरिवाना दरले नेपालका लागि आउने औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुको ढुवानी खर्च बढ्ने, खर्च उत्पादन लागत बढेर सामग्रीको मूल्य वृद्धि हुने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडियाले बताउनुभयो ।

भारतीय रेलवेले ¥याक अनलोडका लागि नेपाली आयातकर्तालाई नौ घण्टाको समय दिन्छ । उक्त समयसीमाभित्र अनलोड नभए एउटा बेगनमा प्रतिघण्टा १५० भारतीय रुपियाँका दरले जरिवाना तिर्नुपर्छ । नयाँ जरिवाना शुल्क दर अब ४५० भारुसम्म पुग्ने भएको छ । तोकिएभन्दा दुई घण्टासम्मका लागि सामान्य दरमा जरिवाना लिइने, त्यसपछिको ४ घण्टासम्म २ गुणा र ४ घण्टाभन्दा बढीमा ३ गुणा जरिवाना लाग्ने रेलवेले जारी गरेको पत्रमा उल्लेख छ । याे खबर अाजकाे गाेरखापत्रमा छ ।

रक्सौल यार्डमा मालसामान आउने ७, ८ र ९ नम्बर लिकमध्ये २ ओटा वर्षाको पानी जमेकाले आधाभन्दा बढी ठाउँमा मालसामान अनलोड गर्नै नमिल्ने अवस्था रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव राजपालले बताउनुभयो । भारतीय रेलले मर्मत सम्भार नगर्दा आयातकर्ताले मालसामान झार्न नपाएको गुनासो व्यवसायीहरूको छ । भारतीय रेलवेको जीर्ण र अपर्याप्त पूर्वाधारका कारण नेपाली आयातकर्ताले जरिवाना तिर्नु परेको उहाँले गुनासो गर्नुभयो ।

वीरगञ्ज नाका भएर कोइला, स्ल्याग, फलामजस्ता औद्योगिक कच्चा पदार्थ भित्रिने गरेको छ । रक्सौल यार्डमा एक पटकमा ५९ बेगनको ¥याक अनलोड गर्नसकिने गरेको भए पनि पछिल्लो समयमा वर्षाको कारण रेलवे यार्डको अस्तव्यस्त भएकाले एक पटकमा ३० वेगनभन्दा बढी अनलोड गर्न सकिरहेको अवस्था छैन । भारतीय रेलवेको व्यवस्थापकीय कमजोरीले रेलवेको यार्डको दुरावस्थाबाट सिर्जित समस्याको भार नेपाली आयातकर्ताहरूले बहन गरी रहनु परेको गुनासो व्यवसायीहरूको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]