Nepa Top
century-bank

अस्पतालको उपचार कक्ष नजिक फोहोरको डंगुर, अस्पताल प्रशासनकाे बेवास्ता

हेटौंडा। प्रदेशको राजधानीमा रहेकोले स्तरोन्नति हुनुपर्ने आवाज उठे पनि हेटौंडा अस्पतालको उपचार कक्षनजिकै फोहोरको थुप्रोले लाज लाग्ने अवस्था देखाएको छ । फोहोर राखिएको धेरै समय बित्दासमेत हटाउने काम भएको छैन ।

सरकारले हेटौंडा अस्पताल विकास समिति विघटन गरेको अवस्था र अस्पतालमा नयाँ भौतिक संरचना निर्माणमा ढिलाइ भइरहेको अवस्थामा अस्पतालको उपचार कक्षनजिक फोहोर नउठ्दा बिरामीलाई सास्ती भइरहेको छ । उपचार कक्षनजिक फोहोरको थुप्रो छ । फोहोरको दुर्गन्धले बिरामी र कुरुवालाई समेत समस्या भइरहेको शनिबार हेटौंडा अस्पतालमा उपचारका लागि आएका एक बिरामीका परिवारले भने ।

हेटौंडा उपमहानगरपालिकाले मेडिकलजन्य फोहोरलाई तीन भागमा विभाजन गरेर फोहोर व्यवस्थापन गर्ने भनिए पनि हाल अस्पताल प्रशासनले बेवास्ता गर्दा समस्या भइरहेको छ ।हेटौंडा अस्पतालले कुहिने, नकुहिने र मेडिकलजन्य अन्य फोहोरलाई छुट्टाछुट्टै विभाजन गरेर राख्ने व्यवस्था मिलाएको भनिए पनि फोहोर व्यवस्थापनमा भने खासै चासो देखाएको पाइँदैन । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]