Nepa Top
century-bank

नेकपाको पर्वतमा १३५ सदस्यीय जिल्ला कमिटी टुंगो लाग्याे

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको १३५ सदस्यीय जिल्ला कमिटी टुंगो लागेको छ ।

पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा (एमाले)बाट ७२, नेकपा (माओवादी केन्द्र)बाट ५८ तथा मनोनित पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो ।

पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिनुभयो ।

“पाँच सदस्यको सहमतिका आधारमा टुंगो लगाइनेछ,” उहाँले भन्नुभयो । कमिटीका एक सय ३० जनाको नामावली आज सार्वजनिक गरिनेछ भने सहमतिका आधारमा पदाधिकारी टुंगो लगाइने बताइएको छ । सहमतिमा अध्यक्ष र सचिव टुंगो लगाउने प्रयास भइरहेको कार्यदलका संयोजक एवं नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले बताउनुभयो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]