Nepa Top
century-bank

बेनी बजारसँगै नदी कटानको जोखिममा रहेका बस्ती संरक्षणका लागि बजेटकाे व्यवस्था गरिने

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको दोस्रो जिल्ला सभाले जिल्लामा रहेका विभिन्न समसामयिक विषय समाधानको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बिहीबार बेनीमा सम्पन्न जिल्ला सभाले रघुगंगा गाउँपालिका–२ भगवती तीनपिप्ले र अन्नपूर्ण गाउँपालिका–१ दोबामा रहेको मुक्तिनाथ र बसन्त बोगटी गुठीको समस्या हल गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

करीब दुई सय वर्षदेखि यहाँका स्थानीयवासीले भोग्दै आएको गुठी समस्यालाई जिल्ला सभाले विशेष प्रस्तावको रूपमा पारित गरी समाधानको लागि पहल थालेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलासुस्तीलाई हटाउन, बेनी बजारसँगै नदी कटानको जोखिममा रहेका बस्तीको संरक्षणका लागि बजेट व्यवस्थापन गर्न तथा शून्य दरबन्दीका विद्यालयलाई न्यूनतम दरबन्दीको व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको केसीले बताउनुभयो ।

जिल्ला सभाले रघुगंगा गाउँपालिका–३ मा निर्माणाधीन ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् अयोजनाको काम समयमै सम्पन्न गराउन सम्बन्धित कार्यालयसँग समन्वय गर्ने र अन्नपूर्ण हिमालको शुल्क अन्नपूर्ण गाउँपालिकालाई उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]