Nepa Top
century-bank

‘कायरा’ लिएर दुवई उडे आर्यन र साम्राज्ञी

काठमाडौं । गत शुक्रबारबाट आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी अभिनित फिल्म ‘कायरा’ दर्शकमाझ रिलिजमा आएको छ । यो फिल्म दुवईमा पनि रिलिज हुने भएको छ । नेपालमा औसत कमाई गरिरहेको यो फिल्मलाई दुबईमा प्रदर्शन गराउन बुधवार फिल्मका निर्माता तथा अभिनेता आर्यन र नायिका साम्राज्ञी यूएई उडेका छन् ।

यूएईको विभिन्न सहरमा आयोजना हुन लागेको विशेष सोमा सहभागी हुन आर्यन र साम्राज्ञी बुधवार बेलुकी यूएई उडेका हुन् । यसपटक दुबईमा प्रदर्शन हुने ‘कायरा’को लम्बाई भने छोट्टिएको अभिनेता आर्यन सिग्देलले बताएका छन् ।

फिल्म लामो भएको धेरैले सुझाव दिएपछि आर्यनले २ घण्टा २१ मिनेटको फिल्मलाई २ घण्टा मात्र बनाएर दुबईमा प्रदर्शन गरिने जानकारी गराएका छन् ।

बुधवार त्रिभुवन विमानस्थलमा मिडिया सामु बोल्दै आर्यनले भने ‘दर्शकहरूले दिनु भएको प्रतिक्रियालाई मध्यनजर गर्दै हामीले फिल्म केही छोट्ट्याउन लागेका हौं । नेपालमा शुक्रबार या शनिबारबाट ‘कायरा’ २ घण्टाको मात्र रिलिज हुने छ ।’ फिलिपिन्समा खिचिएको यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]