Nepa Top
century-bank

अमेरिकामा ड्रग्स्को कुलतमा फसी अलपत्र रहेका एक नेपाली युवाको उद्दार

  • भुपेन्द्र

नार्कोनन नेपालले अमेरिकामा अलपत्र अवस्थामा रहेका एक युवकको उद्धार गरेको छ । न्युयोर्कको पार्कबाट त्यहाँ बस्ने एक नेपालीमहिलाले युवकलाई उद्धार गरी नार्कोननमा पठाएकी हुन् ।

सन २०१३ मा अमेरिका गएका एक युवक त्यहाँ पुगेपछि विस्तारै कुलतमा फसेका थिए । गत साउन २० गते उनलाई राज्य कर्माचार्यको सहयोगमा उद्धार गरिएको हो । त्यी युवा कुलतमा फस्दै गएपछि उनि पार्कमा नै बस्थे र उनको न त घर थियो न त उनको बाँच्ने आशा नै ।

नार्कोनन नेपाल र कर्माचार्यको सहयोगमा उनलाई नेपाल फर्काउन मद्दत गरेको हो । उनि नेपाल फर्केपछि परिवारमा निकै खुसियाली छाएको छ । त्यी युवा भन्छन्, अमेरिकामा म जस्ता हजारौँ नेपाली यसरी पीडित छन् उनिहरु आफ्नो मृत्यु कुरेर बसेका छन् ।

यसरी विश्व भरी नै नेपाली युवाहरु कुलतमा परेको र उनिहरुको अवस्था निकै नाजुक रहेको नार्कोनन नेपालका निर्देशक बसन्त राज कुँवरले जनकारी दिनुभयो ।

विश्वभरि विभिन्न स्थानमा छरिएर रहेका र कुलतमा फसेका नेपाली युवाहरुको उद्धार गर्न जरुरी देखिएको छ । सरकार र सम्बन्धित निकायले यस बारेमा समयमै विचार नपु¥याए समस्या थपिने अवस्था छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]