Nepa Top
century-bank

‘मेरी मामु’को रिलिज मिति नजिकिएसँगै पब्लिसिटीमा तिब्रता, आयुवको तारिफ

काठमाडौं । भदौ १५ गते बाट प्रदर्शनमा आउने फिलम ‘मेरी मामु’को रिलिज मिति नजिकिएसँगै पब्लिसिटिलाई तिब्र रुपमा अघि बढाईरहेको छ । आसुसेन फिल्मसको चौथो प्रस्तुति रहेको फिल्म ‘मेरी मामु’ टिम यतिबेला पब्लिसिटीको लागि भेल्लि बाहिर गएको छ । आसुसेन टिम अहिले स्कुल क्याम्पेनमा दौडिरहेको छ ।

‘मेरी मामु’की अभिनेत्री अश्लेसा ठकुरी, नायक शारुक ताम्राकार, गायक बादल थापा लगाएतका टिम पब्लिसिटि गर्दै यतिबेला दाङ पुगेको छ, भने ‘मेरी मामु’को अर्को टिम पुर्वमा पब्लिसिटी गरिरहेको छ ।

बालमनोविज्ञानमा आधारित रहेर आमा र छोराबीचको दुरी र सामिप्यताको गहिराई केलाएर तयार पारिएको फिल्म प्रचार प्रसारको लागि मात्र नभएर आमा र छोराको राम्रो संवन्धको सन्देश दिन विद्यालयहरुमा पुगेको यो टोलीले स्कुलमा फिल्मको गीत देखाउदै आएको छ ।

क्याम्पेनमा उपस्थित सबैले गीत र आयुबको अभिनयको तारिफ गरिरहेका छन् । पब्लिसिटिमा रहेको मेरी मामु टिमले चौतर्फी सकारत्मक र राम्रो प्रतिकृया पाईरहेको छ।

फिल्ममा आयुव सेन, सारुक ताम्राकार, अश्लेसा ठकुरी, कुसुम गुरुङ, भुवन चन्द, दुर्गा मल्ल ठकुरी, कृजन गौतम लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
फिल्ममा समावेश गरिएको अन्जु पन्त, रोहित जोन क्षेत्री, प्रताप दास, त्रिशाला गुरुङ, बदल थापा मगरको आवाज रहेको छ । फिल्मलाई थम थापाले लेखन तथा निर्देशन गरेका हुन्, भने सन्तोष सेनले निर्माण गरेका हुन् ।

 

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]