Nepa Top
century-bank

एक बैंकबाट अर्कोमा घरमा बसेरै पैसा पठाउन झनै सजिलाे, यसरी पठाउनुहाेस्

काठमाडाै‌ँ । नेपालमा हाल आईपीएस प्रणालीबाट पैसा पठाउने काम झनै सजिलाे भएकाे छ । नेपाल क्लियरिंग हाउसका सदस्य बैंकहरुमा सीधै रकमान्तर गरेर पैसा पठाउन वा पाउन सकिन्छ । यसमा बैंकमा नगएरै पनि घरबाटै अनलाइनमार्फत पैसा पठाउन र बिलहरु भुक्तानी गर्न सकिने सुविधा छ ।

नाै वटा विकास बैंकसमेत गरी हाल यस प्रणालीमा अाबद्ध बैंक तथा वित्तीय संस्थाकाे संख्या २२ पुगेकाे छ । थप ३२ बैंक तथा वित्तीय संस्थाहरुले यसमा अाबद्धताका लागि सम्झौता गरिसकेकाे जनाइएकाे छ ।

नेपाल क्लियरिङ्ग हाउस अन्तरगत सञ्चालनमा अाएको यस प्रणालीमार्फत यसमा अाबद्ध बैंकका ग्राहकहरुले एक क्लिककाे भरमै पैसा पठाउन सक्ने भएका छन् । तर यसका लागि सुरुमा केही प्रक्रिया भने पुर्याउनुपर्छ ।

कसरी गर्ने ?

याे सेवा लिनका लागि‘कनेक्टआईपिएस डटकम मा सर्वप्रथम साइन गरेर अाफ्नाे खाता खाेल्नुपर्छ । अनि आफूलाई एकपटक आबद्ध गरिसकेपछि आफ्नो बैंक खातालाई लिंक यसमा गराउनु पर्ने हुन्छ । त्यसपश्चात वेबमा उपलब्ध हुने सेवाहरु जस्तै: अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सकिनेछ ।

यस प्रणालीबाट कारोबार छिटाे, सजिलाे मात्र नभर्इ सुरक्षित समेत हुन्छ । हाल यस प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्ने सुविधा उपलब्ध छ । निकट भविष्यमै अनलाइन पेइङका अन्य थप सेवाहरु समेत उपलब्ध गराउने तयारी भैरहेको क्लियरिङ हाउसले जनाएको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]