Nepa Top
century-bank

सलमानको फिल्म छोडेकी प्रियंका आखिर यता न उता

एजेन्सी । बलिउड सँगै हलिउडमा समेत चर्चामा रहेकी नायिका प्रियंका चोपडालाई हिन्दी फिल्ममा जव सलमानको अपोजिटमा खेल्ने सहमतीसाथ फिल्म शुटिङ शुरु हुँदैथियो प्रियंकाले फिल्मबाट हात झिकिन् ।जवकि बलिउडमा स्टार कहलिएका नायिकाहरु समेत सलमानसँग काम गर्न मरिहत्ते गर्दछन् ।प्रियंकाले फिल्म छोड्नुमा आफु हलिउड गायक निक जोनससँग विवाह गर्ने कारण बताईन् तर खासमा उनी हलिउड फिल्म काउ बोई निन्जा वाईकिङ फिल्म गर्ने तयारीमा थिईन् ।

यो थाहा पाएलगत्तै सलमान उनी सँग अव जिवनमा कुनै फिल्म नगर्ने भन्दै निकै आक्रोशित भएका छन् ।सलमान तथा निर्देशकले त्यस लगत्तै फिल्ममा अभिनेत्री कट्रीना कैफलाई अनुबन्धित गरे उता हलिउड फिल्मकै लागि सलमानको फिल्म छोडेकी प्रियंकाले खेल्ने हलिउड फिल्मको निर्माण अहिलेलाई पोष्टपोण्ड गरीएको छ ।

अव फिल्मको शुटिङ हाललाई रोकिएको छ ।फिल्म धमाधम शुरु हुनपर्नेमा पोस्टपोण्ड भएपछि यतिखेर प्रियंका तनावमा छिन् ।यता साईन गरीसकेको फिल्म हातबाट फुत्कीसकेको छ उता जुन फिल्म खेल्न सलमानसँग दुश्मनी मोलिन् त्यो फिल्म पनि कहिले शुरु हुने पत्तो छैन जसले प्रियंकालाई ठूलै झट्का लागेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]