Nepa Top
century-bank

सरकारले मध्यपहाडी लोकमार्गमा ९६ कोरको अप्टिकल फाइबर बिच्छ्याउने

काठमाडौं । सम्पन्न तीनै तहको निर्बाचनका बेला दलहरुले आफ्नो चुनावी घोषणा पत्रमार्फत गाउँ गाउँमा निशुल्क इन्टरनेट सेवा पु¥याउने महत्वकांक्षी योजनाहरु अघि सारेका थिए । सोही अनुरुप सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले काम पनि अघि बढाइसकेको छ । तर दलका घोषणा पत्रमा भनिएजस्तो इन्टरनेट सेवा निशुल्क भने नहुने भएको छ ।

सरकारले मध्यपहाडी लोकमार्गमा ९६ कोरको अप्टिकल फाइबर बिच्छ्याउने भएको छ । हरेक जिल्ला सदरमुकामदेखि मुख्य शहरी क्षेत्र हुँदै स्थानीय तहका वडासम्म अप्टिकल फाइबर नेटवर्क जोड्ने तयारी गरिएको हो । आगामी २ बर्षभित्र काम सम्पन्न गर्नेगरी १० अर्वको लगानीमा ग्रामीण दुरसञ्चार विकास कोषले ‘ब्याकबोन नेटवर्क परियोजना’ अघि बढाएको छ ।

आर्थिक बर्ष २०७२/७३ को नीति तथा कार्यक्रम र बजेटमा ब्याकबोन नेटवर्क परियोजना निर्माणको घोषणा गरिएको थियो । परियोजना अन्तर्गत पाँचथरको चियाभन्ज्याङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउने जिम्मा नेपाल टेलिकमले पाएको छ । ४ अर्ब ८८ करोड रुपैयाँमा नेपाल टेलिकमले २ हजार ३ सय ७६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने भएको हो । टेलिकमले यो जिम्मेवारी सम्पन्न गर्दा २५ जिल्लाका सदरमुकामसम्म अप्टिकल फाइबर पुग्नेछ ।

ब्याकबोन नेटवर्क परियोजनालाई प्राधिकरणले तीन खण्डमा विभाजन गरेर काम अघि बढाएको छ । नेटवर्क स्थापनाका लागि नेपाल टेलिकम, युटियल र स्मार्ट टेलिकमले अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएका हुन् । तर सम्झौता भएको लामो समय बितिसक्दा पनि टेलिकमले काम भने गर्न सकेको छैन् । उता युनाइटेडले २ अर्ब १ करोडमा गोरखाको आरुघाटदेखि रुकुमसम्म अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएको छ । यस्तै, स्मार्ट टेलिकमले ३ अर्ब ९४ लाखमा रुकुमदेखि दार्चुलासम्म अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएको छ ।

अप्टिकल फाईबर जडान भएसँगै इन्टरनेट प्रदायक कम्पनीलाई गाउँ–गाउँसम्म इन्टरनेट सेवा विस्तारमा सहज हुने विश्वास मन्त्रालयको छ । तर मध्यपहाडी लोकमार्ग निर्माणकै क्रममा रहेकोले अहिले तुरुन्तै अप्टिकल फाइबर बिच्छ्याउन नसकिने भन्दै टेलिकमले आफ्नो बचाउ गर्र्दै आइरहेको छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]