Nepa Top
century-bank

विदेशकाे पीडा कम गर्न देशभित्रै रोजगारी सिर्जना गर्छौँ : मन्त्री पुन 

काठमाडाै‌ँ । ऊर्जा तथा सिँचाईमन्त्री वर्षमान पुनले रोजगारीका लागि विदेश पुगेका नेपालीले अनेक दुःख कष्ट भोगिरहेको भन्दै समस्या न्यूनीकरण गर्न सरकारले देशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो ।

साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि स‍ङ्कलित रु १५ लाखभन्दा बढी  सहयोग हस्तान्तरणपछि बिहीबार मन्त्री पुनले उक्त कुरा बताउनुभएकाे हाे ।

‘रोजगारीका लागि विदेश जानुभएका नेपालीहरुले अनेक दुःख भोगिरहनुभएको छ, दिलबहादुर घर्ती त एउटा उदाहरण मात्रै हो,’ उहाँले भन्नुभयो ‘यो समस्या हल गर्न देशमै रोजगारी सिर्जना गर्नुपर्दछ, यसका लागि सरकारले काम अगाडि बढाइरहेको छ ।’

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]