Nepa Top
century-bank

विधेयक फिर्ता नगरेसम्म वार्तामा नबस्ने गोविन्द केसीको घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ ।

अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको र वार्ता केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने प्रयासमा केन्द्रित रहेको भन्दै संघले सेवा बन्द गर्ने घोषणा गरेको हो ।

संघले विज्ञ टोलीले दिएको सुझावअनुसार सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधार गर्नेभन्दा सरकार केसीले जीवन त्याग्नु पर्ने परिस्थितितर्फ अग्रसर भएको आरोपसमेत लगाएको छ ।

चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र काठमाडौं उपत्यकाको हकमा दिउँसो १ बजे माइतीघर मण्डलामा भेला हुन चिकित्सकलाई आग्रह गरेको हो ।

एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीको आवाज सरकारसम्म पु¥याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्ने उसको विश्वास छ ।

संघले सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]