Nepa Top
century-bank

संविधान संशोधनको साझा मुद्दा अघि सारेका मधेसका दुई दल लागे दुई तिर

काठमाडौं । आन्दोलन, चुनावी तालमेल हँुदै प्रदेश नम्बर दुईको सत्ता साझेदार बनेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच पछिल्लो समय दुरी बढ्दो छ । प्रदेश नम्बर दुईमा मधेस मिलनको नाममा सफल गठबन्धन बनाई राम्रो मत लिएका यी दुई दल पछिल्लो समय संविधान संशोधनबारे बोलेका समेत छैनन् ।

दुई तिहाई बहुमत प्राप्त शक्तिशाली संघीय सरकारको हिस्सा बन्ने फोरमको निर्णयले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई संवादविहीन अवस्थामा पु¥याएको छ । संविधान संशोधनको शर्तमा सरकारमा फोरम सहभागी भएसँगै त्यही मुद्दामा अडिग राजपा भने एक कमजोर प्रतिपक्षको भुमिकामा खुम्चिएको छ ।

दुई दलबीच संवाद नहुनाले संविधान संशोधनको मुद्दा छाँयामा पारिएको कतिपयको आरोप छ । तर सत्तापक्ष दल फोरम सरकार र पार्टी दुबै यस्मा बचाउका लागि आआफ्नै तर्क गर्दै आएका छन् ।

महाधिवेशन तथा संसदीय दलको नेताको विषयमा आन्तरिक विवाद झेलिरहेको राजपा पछिल्लो समय संशोधनको मुद्दाबारे खासै बोलेको देखिदैनन् । न त वर्तमान सरकारले नै राजपालाई चासो दिएको देखिन्छ । तर राजपा महासचिव केशव झा उक्त कुरा अस्वीकार गर्छन् । उनी भन्छन् – संविधान संशोधनकै अडानका कारण सरकारमा गएनौँ ।

सत्ता भोग गर्न तछाडमछाड हुनु मधेशको राजनीतिको नियति बनेको छ । पहिलो संविधान सभा देखि अहिलेसम्म सरकारमा सहभागी हुन् मधेश केन्द्रित दलले गरेको गतिविधिले यो कुरा प्रमाणित गर्छ ।

संविधान संशोधन एक मात्र जीवन्त मुद्दा हो मधेशको राजनीतिमा । यसलाई राजनीतिक लाभको बाटो मात्र बनाईए यसले दीर्घकालीन रुपमा मधेसका वाहक मानिएका यिनै दुई दललाई नोक्सान हुने विश्लेषण राजनीतिक विश्लेषकहरुको छ ।

 

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]