Nepa Top
century-bank

डाक्टर गोविन्द केसीको माग हुबहु कार्यान्वयन हुन नसक्ने नेकपा अध्यक्ष दाहालको प्रष्टोक्ति

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले डा. गोविन्द केसीको माग हुबहु कार्यान्वयन हुन नसक्ने बताउनु भएको छ ।

भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले कसैले भनेकै भरमा सबै माग सम्बोधन हुन नसक्ने प्रष्ट पार्नुभयो । उहाँले सार्वभौम अधिकार सम्पन्न संसद भन्दा माथि कोही पनि नहुने भन्दै कुनै व्यक्तिले यो या त्यो गर भनेर निर्देशन गर्न नहुने तर्क गर्नु भयो ।

प्रतिवेदन माथि थपघट गर्ने अधिकार सरकारलाई भएको भन्दै अध्यक्ष दाहालले चिकित्सा शिक्षा विधेयकबारे अन्तिम फैसला संसदले गर्ने बताउनुभयो । डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्न र वार्ता गर्न शिक्षा मन्त्रीलाई निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो । यसैबीच अध्यक्ष दाहालले छविलाल पौडलले अदालतको फैसलालाई सम्मान गर्दै समस्या समाधानका लागि सकारात्मक वातावरण बनाएको बताउनु भयो ।

अर्को एक प्रसंगमा अध्यक्ष दाहाल चितवनवासी भएको नाताले चितवनमा नै राजधानी हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको पनि प्रष्ट पार्नुभयो ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]