Nepa Top
century-bank

संघीय सरकारले कानून बनाउन नसक्दा प्रदेश र स्थानीय सरकार सञ्चालनमा समस्या

  • सुवास लामिछाने,

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख गरिएका हकहरुको कार्यान्वयनका लागि संघीय सरकारले कानून बनाउन नसक्दा प्रदेश र स्थानीय सरकार सञ्चालनमा समस्या भएको बताउनुभएको छ ।

बिहीबार पर्वतको मोदी गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संघीय सरकारले आवश्यक कानूनको निर्माण गर्न नसक्दा प्रदेश सरकार र स्थानीय सरकारले गर्ने काम कारवाही प्रभावित भएको बताउनुभयो । उहाँले संविधानले व्यवस्था गरेका हकहरुलाई कानूनमा उतार्ने कुरा महत्वपूर्ण भएकाले आगामी दिनमा केन्द्र सरकारले त्यस दिशातर्फ ध्यान दिने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले देशलाई संमृद्ध बनाउन तिनै तहका सरकारले आ–आफ्नो ठाउँबाट काम गर्न आवश्यक रहेको बताउनु भयो ।

tensberg

 

संबन्धित
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]