Nepa Top
century-bank

३ किलोमिटर सडकमा पानी परेको समयमा पनि कालोपत्रे !

  • तारा आचार्य,

मोरङ । आर्थिक वर्षको अन्त्यमा बजेट सक्न कै लागि विराटनगरको पुष्पलाल चोकबाट झोराहाटसम्मको करीब ३ किलोमिटर सडक खण्डमा पानी परेको समयमा पनि कालोपत्रे गरिएको छ ।

सामान्यतया पानी पर्ने मौसम वा पानी परेको बेला सडकको गुणस्तरका लागि कालोपत्रे गर्ने गरिदैन् । तर असार मसान्त पछि बजेट फ्रिज हुने भएकाले पानी परेको बेला काम रोक्ने र अन्य बेला सडक कालोपत्रे गर्ने गरिएको स्थानीयको आरोप छ ।

विराटनगर स्थित सडक डिभिजन कार्यालयले करिब ६७ लाख रुपैयाँको लागतमा करिब ३ किलोमिटर प्याच वर्क जेठ अन्त्य तिर ठेक्का लगाएको थियो । असार अन्तिममा बनाइएकोसडक गुणस्तरीय र बलियो नै हुने डिभिजन प्रमुख जितेन्द्र चौधरीको दाबी छ ।

निर्माण भएयता ७ पटक मर्मत गरिसकिएको सो सडक खण्डमा जेठको पहिलो साताबाट काम शुरु गरिएको भएपनि आर्थिक वर्ष बित्न लाग्दा समेत काम सम्पन्न भएको छैन । हतार र अन्तिम समयमा सडक कालोपत्रे गरिएकाले गुणस्तरहिन काम भएको भन्दै स्थानीयले छानविनको माग गरेका छन् ।

३ किलोमिटर सडकमा पानी परेको समयमा पनि कालोपत्रे !

आर्थिक वर्षको अन्त्यमा बजेट सक्न कै लागि विराटनगरको पुष्पलाल चोकबाट झोराहाटसम्मको करीब ३ किलोमिटर सडक खण्डमा पानी परेको समयमा पनि कालोपत्रे गरिएको छ ।सामान्यतया पानी पर्ने मौसम वा पानी परेको बेला सडकको गुणस्तरका लागि कालोपत्रे गर्ने गरिदैन् । तर असार मसान्त पछि बजेट फ्रिज हुने भएकाले पानी परेको बेला काम रोक्ने र अन्य बेला सडक कालोपत्रे गर्ने गरिएको स्थानीयको आरोप छ ।विराटनगर स्थित सडक डिभिजन कार्यालयले करिब ६७ लाख रुपैयाँको लागतमा करिब ३ किलोमिटर प्याच वर्क जेठ अन्त्य तिर ठेक्का लगाएको थियो । असार अन्तिममा बनाइएकोसडक गुणस्तरीय र बलियो नै हुने डिभिजन प्रमुख जितेन्द्र चौधरीको दाबी छ ।

Posted by Sarad rai on Thursday, July 12, 2018







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]