Nepa Top
century-bank

काम खोज्न हिडेका गुल्मीका एक युवकको दुर्घटनामा मृत्यु

बुटवल । आज बिहान नवलपरासीमा भएको बस दुर्घनामा गुल्मीबाट त्यहाँ काम खोज्न हिडेका एक युवाको मृत्यु भएको खुलेको छ । २१ जना घाइते मध्ये ८ जना सामन्य उपचारपछि डिस्चार्ज भएका छन् भने १२ जना घाईतेहरुको उपचार हुँदैछ ।

आज बिहान पौने सात बजेको समयमा नारायणघाटबाट नेपालगञ्जका लागी छुटेको ना ६ ख ९४३८ नम्बरको बस नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा दुर्घटना भएको थियो ।

त्यस दुर्घटनामा गुल्मीको गाउँपालिकका वडा न– ७ घमिर अर्चेङका ३७ वर्षिय गणेश लम्साल रहेका मृत्यु भएको हो । मालिका ७ घमिरका वडाध्यक्ष बेदप्रसाद पन्थीले भने–‘ अस्तीसम्म यहि देखिन्थे । त्यहाँको एक सिमेन्ट कारखानामा काम गर्न जान्छु भन्दै हिडेका थिए, उनैको दुखत् निधन भएको खबरले हामी स्तब्ध छौं ।’

नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र भट्टले उनको मृत्यु भएको र २१ जना घाईते मध्ये ८ जना सामन्य उपचार पछि डिस्चार्ज भएका र १२ जनाको उपचार भई रहेको जानकारी दिए । उनका अनुसार ९ जनाको भैरहवा मेडिकल कलेजमा र ३ जनाको वुटवल जेनस अस्पतालमा उपचार भई रहेको छ ।

घाईतेहरु खतारमुक्त रहेका छन् । दुर्घटनामा बस चिप्लिएर राजमार्ग देखि २० मीटरको दुरिमा पल्टिएको थियो । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]