Nepa Top
century-bank

पर्यटन व्यवसायीले उच्च मूल्यमा बेच्न नसक्दा पर्यटकले खर्च गर्ने ठाउँ पाएनन्

पोखरा । नेपाल आएका विदेशी पर्यटकले दैनिक खर्च कति गर्छन् ? पर्यटन मन्त्रालयका पूर्वसचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ अमेरिकी डलर मात्र छ । थापाको भनाइमा यो खर्च निकै कम हो ।

नेपालका पर्यटकीय प्रडक्टलाई पर्यटन व्यवसायीले उच्च मूल्यमा बेच्न नसक्दा पर्यटकले खर्च गर्ने ठाउँ नपाएको थापाको भनाइ छ । नेपालमा बन्दीपुरजस्ता स्मार्ट गाउँ रहेको भन्दै उनले ती स्मार्ट गन्तव्यलाई महँगोमा बेच्न नसकेको बताए । अब पुराना गन्तव्यले मात्र पर्यटक आगमन बढाउन र उनीहरुलाई खर्च गराउन नसकिने उनकाे भनाइ छ ।

पोखरा मात्र नभई आसपासका क्षेत्रमा गतिविधि बढाउँदै पूर्वाधार थप्दै जाने हो भने पर्यटकले खर्च गर्ने ठाउँ पाउने उनले बताए । वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलको सन् २०१७ को प्रतिवेदनले पनि नेपाल आएका पर्यटकको दैनिक खर्च ५३ डलर रहेको देखाएको नागरिक दैनिकमा खबर छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]