Nepa Top
century-bank

छोराको हत्यारा सबैलाई सजाय नतोकेसम्म गङ्गामायाले अनशन नतोड्ने

काठमाडौं । छोराको हत्यारालाई कारवाही गराउने मागसहित अनशनरत गोर्खा फुजेलकी गङ्गामाया अधिकारीले सबै अभियुक्तलाई पक्राउ गरी सजाय नतोकेसम्म अनशन नतोड्ने अडान लिएकी खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

समाचारका अनुसार काठमाडौँको वीर अस्पतालमा ४४ दिनदेखि अनशनरत गङ्गामायाले आफू न्यायका लागि लडिरहेको र न्याय नपाउँदासम्म अनशन जारी राख्ने बताएकी छिन् ।

उता छोरा कृष्ण अधिकारीको हत्याका आरोपी चितवनका छविलाल पौडेलले सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरिसकेका छन् । पौडेल पुर्पक्षका लागि जेलमा रहेको अवस्थामा समेत गङ्गामायाले अनशन तोड्न सहमत भएकी छैनन् ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]