Nepa Top
century-bank

नारायणगढ-मुग्लिन सडक भासिन थालेपछि नयाँ ठाउँबाट सडक बनाउन सुझाव

भरतपुर । मार्गनारायणगढ–मुग्लिन सडक पुनःनिर्माणको काम नसकिदै सडक भासिनुमा पुरिएको माटोमाथि सडक विस्तार र तलबाट त्रिशूली नदीको कटानलाई प्रमुख कारण औँल्याइएको छ । भूगर्भविद् अच्यूत कोइराला नेतृत्वको टोलीले बुधबार सडकको स्थलगत निरीक्षण गर्दै सडक भासिएको ठाउँमा डाइभर्सन बनाएर नयाँ ठाउँबाट सडक बनाउनुपर्र्ने सुझाव दिएको छ ।

पहिला चिनिले सडक निर्माण गर्दै गर्दा यहाँ पुरुवा माटोमाथि सडक निर्माण गरेका र अहिले त्यसैलाई निरन्तरता दिदै माथिबाट सडक बनाउँदा भासिने समस्या भयो”, भूगर्भविद् कोइरालाले भने, “ सडक भासिने क्रम अझै बढ्दै जाने छ ।”

नारायणगढबाट १७ किलो मिटर मुग्लिनतर्फ रहेको १७ किलोमा ३० मिटर लम्बाई र सात मिटर सडक भासिने गरी चिरिएको छ । यो मात्रा बढेर अझै ७० मिटर लम्बाई र आठ मिटर चौडाइसम्म पुग्ने कोइरालाको अनुमान छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]