Nepa Top
century-bank

नारायणगढ–मुग्लिङ सडक : निर्माण नसकिँदै ठाउँ-ठाउँमा भासिँदै, सवारी अावागमन प्रभावित

चितवन । नारायणगढ–मुग्लिङ सडक निमार्ण कार्य जारी रहदा सडक ठाउँठाउँमा सडक भासिएको छ । सो सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ भने सडक भाँसिने क्रम बढ्दै गएपछि कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ ।

केहि दिन अगाडि एक नम्वर खण्डको भतेरी जंगल छेउको ओरालोमा पनि सडक भासिएको थियो । सडक छेउमा पुरेर उठाइएको सडकको भाग पूरै भासिएको छ । सडकको बिच भाग सम्मै चिरिएको र छेउको भाग पूरै धसिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले पुनः गाईघाट नजिकै सामान्य भासिएको देखिएको सडक क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको जानकारी दिनुभयो ।

भाँसिने क्रम बढ्दै गएपछि मंगलबारदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो । सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ । कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ ।

कालोपत्रे गरिएको आधा भागसम्म भाँसिएको खनालले बताउनुभयो । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भाँसिने क्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ ।

उहाँले तलबाट नदीले खोलेर भाँसिएको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । विज्ञहरुको समूह आउने र के गर्ने भन्ने विषयमा टुंगो लाग्ने घिमिरेकाे भनाइ छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]