Nepa Top
century-bank

राप्रपाले ५० हजार सक्रिय सदस्य बनाउने

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्यता वितरणलाई अभियानकै रुपमा सञ्चालन गर्ने भएको छ । राप्रपाले यो अभियान अन्तर्गत पाँच महिना भित्र ५० हजार सक्रिय सदस्य बनाउने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

अघिल्लो निर्वाचनमा चौथो ठुलो राजनीतिक शक्तिको रुपमा उदाएको राप्रपा अहिलेको निर्वाचनमा राष्ट्रिय दलको हैसियत समेत कायम राख्न नसक्ने गरि खुम्चिएको थियो ।

समाचारका अनुसार दुईदिन सम्म बसेको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठकले मंसिर मसान्तसम्म नयाँ थप ५० हजार सक्रिय सदस्य बनाउने गरी सक्रिय सदस्यता वितरण अभियानकै रुपमा प्रारम्भ गर्ने निर्णय गरेको हो ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]