Nepa Top
century-bank

अाव २०७५/०७६ काे मौद्रिक नीति : बजेटको प्राथमिकता सहजीकरण मूल लक्ष्य (हेर्नुहाेस् पूर्णपाठ)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिको कार्यदिशा बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी तय गरिएकाे छ ।

मौद्रिक नीतिले सरकारद्वारा जारी अागामी अावकाे बजेटमा उल्लेखित अार्थिक वृद्धिकाे लक्ष्यलार्इ सहजीकरण गर्ने उद्देश्य लिएकाे देखिन्छ । साथै बजेटमा व्यवस्था गरिएकाे उपभोक्ता मुद्रास्फीतिलाई ६.५ प्रतिशतको सीमाभित्र राख्ने मौद्रिक नीतिको लक्ष्य लिएको छ । सरकारले तय गरेको ८.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी आवश्यक मौद्रिक व्यवस्थापन गरेको राष्ट्र बैंकले जनाएकाे छ । यसका लागि मुलुकमा रोजगारी प्रवर्द्धन र उद्यमशीलता विकासका लागि वित्तीय साधनको परिचालनमा जोड दिइएको छ ।

पछिल्लाे समय बैंक तथा वित्तीय संस्थाहरूकाे अनियन्त्रित अस्थिर ब्याजदर स्थायित्व कायम गर्नेतर्फ पनि मौद्रिक नीति केन्द्रित छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर ७.० प्रतिशतबाट ६.५ प्रतिशत र तल्लो सीमाको रुपमा दुईहप्ते निक्षेप संकलन दर ३ प्रतिशतबाट ३.५ प्रतिशत कायम गरिएको छ । यसले ब्याजमा स्थायित्व हुन गर्इ बजारमा तरलता समेत सहज हुने अाँकलन गरिएकाे छ।

माैद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुकाे ‘अनिवार्य नगद अनुपात’मा पनि हेरफेर गरेकाे छ । जसअनुसार वाणिज्य बैंकका लागि ६ प्रतिशत, विकास बैंकका लागि ५ प्रतिशत र वित्त कम्पनीका लागि ४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५/०७६ देखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सबैले समान ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने छ ।

साथै नीतिमा वैधानिक तरलता अनुपात वाणिज्य बैंकहरुका लागि १२ प्रतिशतबाट १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र वित्त कम्पनीहरुका लागि ८ प्रतिशतबाट ७ प्रतिशत कायम गरिने उल्लेख छ ।

 

हेर्नुहाेस् पूर्णपाठ :







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]