Nepa Top
century-bank

रुसले सानदार प्रदर्शन गर्नुको रहस्य खुल्यो, लाग्यो यस्तो गम्भीर आरोप

एजेन्सी : सन् २०१८ को विश्वकपमा रुसले सोचेको भन्दा एकदमै राम्रो प्रदर्शन गरेको छ । सन् १९७० को सोभियतकालीन समययता पहिलो पटक विश्वकपमा क्वार्टरफाइनलमा रुस पुगको थियो । आयोजक रुसले स्पेनलाई निराश टाइबे्रकरमा ४ – ३ गोल अन्तरले हराउदैँ क्वाटरफाइनलको यात्रा तय गरेको छ थियो । तर क्वार्टरफाइनल खेलमा क्रोएसियासँग पेनाल्टीमा पराजित भएपछि आयोजक रुसको विश्वकप यात्रा समाप्त भयो ।

विश्वकपमा सहभागी भइरहँदा रुस सहभागी टोलीमध्ये फुटबल वरीयताको पुछारमा थियो। तर फुटबलका महाशक्ति राष्ट्रहरू जर्मनी, ब्राजिल र स्पेनभन्दा लामो अवधि रुस यस विश्वकपमा टिकेको थिए। तर  विश्वकपको आयोजक रुसमाथि गम्भीर आरोपल लागेको छ । सानदार प्रदर्शन गरेको आयोजक रुसमाथि खेलाडीहरुले एमोनीया सुँघेर क्षमता वृद्धि बढाएको आरोप लागेको हो ।

रुसी खेलाडिहरुले एमोनीया सुँघेर क्षमता वृद्धि बढाएको जर्मन अखबार बाइल्डले दावी गरेको छ । सो अखबारले स्पेनमाथिको ऐतिहासिक जित र क्रोएसियासँग हार्दा उनीहरुले एमोनिया सुंघेका जनाएको छ । यसले फोक्साको क्षमता बढाउने गर्छ । यो रुसी टिम डाक्टरले यकिन गरेपछि जर्मन अखबारमा सो खबर छापेको थियो ।

टिमका डाक्टार एडुआर्ड बेजुग्लोभले रुसी खेलाडीहरुले खेल अगाडि एमोनिया सुंघेको स्विकार गरेका थिए । उनले भने—यो साधारण हो कपासको टुक्रा यसमा डुबाउने र यसको श्वास लिने हो । दशकौं देखि हजारौं खेलकर्मीहरुले यसको प्रयोग गरेका छन् ।

एमोनिया अन्तर्राष्ट्रिय एन्टी डोपिङमा प्रतिबन्धित तत्व होइन । तर यसले खेलाडीको प्रदर्शनमा वृद्धि गर्छ । यसले श्वास प्रश्वास गति बढाउने र रगतमा अक्सिजन बहनको लागि पनि धेरै मद्दत गर्छ ।

यो पनि पढ्नुहोस् :

चीनले धानेको रुसमा जारी विश्वकप

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]